मुगुमा सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

मुगु । मुगुमा नेपाली सेनाको हेलिकप्टर मार्फत एक सुत्केरी व्यथा लागेकी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका वडा नं ४ कि २३ वर्षका देवकी भाम लाई नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलवार भामको उद्धार गरिएको हो । भामलाई शल्यक्रिया नै गर्नु पर्ने भएकोले सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा ब्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसियु र विशेषज्ञ एमडि डाक्टर नहुनाले उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अपिलमा उनलाई सुर्खेत रिफर गरिएको गौतमले बताए । सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएको पनि उनले बताए । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया