हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

मुगु । मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका–३ कि २३ वर्षीया देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार उद्धार गरिएको हो ।

उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधासम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सकको अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा म‌ंगलबार भामलाई उद्धारगरी सुर्खेत रिफर गरिएको गौतमले बताए ।

उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हो । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले बताए ।

प्रतिक्रिया