साढे चार सय युवाले पाए रोजगारी

लमजुङ । यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४ सय ४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत १ हजार ३ सय ६३ पुरुष र ९ सय ३७ महिला गरी उक्त संख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् ।

यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको संख्या हेर्दा २ हजार ३ सय रहेकामध्ये १ हजार ३ सय ६३ पुरुष र ९ सय ३७ महिला रहेका छन् । तीमध्ये उक्त संख्याले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ती रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने, सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् ।

प्रतिव्यक्ति ५ सय ७७ रुपैयाँका दरले दैनिक पारिश्रमिक पाइने उक्त पालिकाकाले जनाएको छ । यस कार्यक्रमका लागि कुल बजेट २ करोड ८० लाख २० हजार रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरूलाई थप सहज भएको उनले बताए ।

प्रतिक्रिया