चैनपुरमा ओलीको सम्बोधन

बझाङ । जिल्लाको सदरमुकाम चैनपुरमा आयोजित जनसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी उक्त सभालाई सम्बोधन गर्न बझाङ आएका हुन् । सभालाई सम्बोधन गर्दै उनले बझांगीको दुःख वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नदेखेको बताए । उनले भने, प्रधानमन्त्री शेरबहादुर देउवाले तपाईंंका कुरा सुन्नुभएन, तपाईंहरूका आँसु पुछ्ने कुरै गर्नुभएन, हेलिकोप्टरमा आएर नेपाली सेनाको ब्यारेकमा बसेर फर्किनुभयो ।’ उनले त्यसबेला भत्केका पुल र बाटो नबनेकाले जनताले दुःख पाउनु परिरहेकोे बताए ।

उनले बझाङ जिल्लालाई जडिबुटी, फलफूल, यार्सागुम्बाको व्यावसायिक उत्पादन, भेडा र चौँरीलगायत जैतुनको खेतीको सम्भावना रहेकाले एमालेले सरकारमा आए उक्त क्षेत्रमा काम गर्ने आश्वासन दिए । नेकपा एमाले भनेको ‘धारा–धारामा पानी पुर्याउने, विद्यालय बनाउने, अस्पताल बनाउने, बिजुली निकाल्ने, बाटो, पक्कीपुल, हवाई मैदान बनाउने र भत्तादिने पार्टी भएको जिकिर गरे । कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिमप्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया