काठमाडौं । लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि हात पारेकी छन् । यही २५ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको प्रतिस्पर्धामा अन्य १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शिर्ष उपाधि हात पारेकी हुन् ।
प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड रनरअपको उपाधि अस्ली केसीले हात पारे । उनीहरुले क्राउन, ट्रफीसँगै काठमाडौं पोखरा कुस्माको तीन दिनको टुर र विभिन्न उपहार प्राप्त गरे ।
यस्तै अन्य उपाधितर्फ मोष्ट बब्लीसँगै पब्लिक च्वाईसको उपाधि रमा गुर्माछानले, भिवर्स च्वाईस र बेष्ट स्माईलको उपाधि मुना थापामगरले, मल्टी मिडिया, बेस्ट ड्रेस र फोटोजेनिक उपाधि रन्जिता थापाले, स्टाईलिस्ट र म्यानेजमेन्ट च्वाई अवार्ड सृजना कुँवरले हासिल गरे ।
रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लिद्धारा आयोजित सो प्रतियोगितामा बेस्ट हेयर स्टाईलिस अवार्ड शिखा थापाले, फ्रेन्डली अवार्ड करिश्मा थापामगरले, मोस्ट ब्युटिफुल अवार्ड ज्योती राउतले, मोस्ट पँचुअल अवार्ड सुष्मा सौरभले र मोस्ट इन्नोसेन्ट अवार्ड अर्चना कुमारीले प्राप्त गरे ।
यस्तै पर्सनालिटी अवार्ड सुमित्रा श्रेष्ठले, मेहन्दी आर्ट अवार्ड प्रीति झाले, इन्टेलिजेन्ट र क्याटवाक अवार्ड सकुन्तला अवालेले, सिभिलिटी अवार्ड शोभ महर्जनले, बेस्ट आईज अवार्ड प्रभा चौलागाईंले, बेस्ट स्किन अवार्ड रमीक्षा लिम्बुले हासिल गरे ।
जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताको मुख्य निर्णयकमा अभिनेता यसराज गराच, निर्णायकमा डा. सरोज लामिछाने, मेकअप आर्टिस्ट तथा नेपाल चलचित्र प्राविधिक संघकी कोषाध्यक्ष गीत पौडेल, ब्युटिसिसियन तथा मोडल शिलास्मा हमाल, फेसन डिजाईनर गोमा अधिकारी धिताल र मोडल पिंकी जोशी थिए । विभिन्न क्षेत्रमा योगदान दिएका श्रष्टाहरुलाई समारोहमा सम्मानित गरिएको थियोे ।
प्रतिक्रिया