‘द कमन म्यान’ कार्टुनिस्ट आरके लक्ष्मण

रमेश खनाल

भारतीय प्रसिद्ध कार्टुनिस्ट आरके लक्ष्मणको जीवनमा दुई वटा घटनाले ठूलो महत्व राख्दछ । पहिलो स्कुलको घटना ! स्कुलमा उनले पीपलको पातमा एउटा चित्र बनाए । जुन चित्रको स्कुलमा शिक्षकले हृदय खोलेर प्रशंसा गरेका थिए । त्यसपछि उनले आफूलाई चित्रकलामा लाग्ने इच्छा प्रकट गरेका थिए । दोस्रो घटना ! हाइस्कुल उत्तीर्ण भइसकेपछि चित्रकला पढ्न उनले मुम्बईस्थित सर जे.जे. इन्स्टिच्युट अफ एप्लाइड आर्टमा निवेदन दिए । इन्ट्रेन्समा उनको पर्फर्मेन्स हेरेपछि उनलाई चित्रकार बन्ने प्रतिभा नभएको भनी अनुत्तीर्ण गरिएको थियो । ‘द काइन्ड अफ ट्यालेन्ट टु इक्वालिटी फर इन्रोलमेन्ट इन आवर इन्स्च्यिुट एज अ स्टुडेन्ट एन्ड रिफियुजड एडमिसन,’ सर जेजे इन्स्च्यिुट अफ एप्लाइड आर्ट । पछि उनी प्रसिद्ध कार्टुनिस्ट भइसकेपछि सर जे.जे. इन्स्टिच्युटबाट नै उनलाई प्रमुख अथितिको रूपमा निमन्त्रणा गर्दा उनले आफ्नो भाषणमा पुरानो कुरा स्मरण गर्दै ‘त्यसबेला मलाई चित्रकार बन्ने प्रतिभा नै छैन भनी रिफ्युज गरिएको थियो । तर म आज यसै इन्स्टिच्युटमा पुरस्कार बाँड्न आएको छु,’ भनी सुनाउँदा त्यहाँको वातावरण स्तब्ध बनेको थियो । अन्ततः उनको चित्रकला पढ्ने चाहनालाई युनिभर्सिटी अफ मैसुरीबाट पूरा भएको थियो ।

आरके लक्ष्मणलाई कार्टुनिस्ट बन्ने प्रेरणा ब्रिटिस कार्टुनिस्ट सर डेभिड लोबाट प्राप्त भएको थियो । उनले आंशिक रूपमा स्थानीय पत्रिकाहरूमा कार्टुन बनाएर आफ्नो प्रतिभा देखाइरहेका थिए । कलेजका दिनहरूमा उनले आफ्नो दाजु आरके नारायणको ‘द हिन्दु’ नामक कथा संग्रहमा इलुस्ट्रेसन बनाएका थिए । उनले सर्वप्रथम राजनीतिक कार्टुनिस्टको रूपमा पूर्णकालीन नोकरी मुम्बईको ‘द फ्रि प्रेस जनरल’ मा गरेका थिए । पछि उनले सन् १९५१ द टाइम्स अफ इन्डियामा काम गरे । ‘यु सेड इट’ को ‘द कमन म्यान’ का रूपमा जिन्दगीभरि उनी चर्चित भइरहे ।

प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकालमा प्रधानमन्त्रीलाई भेट्दा आरके लक्ष्मणले ‘कार्टुनमा एक चेतनामूलक व्यंग्य हुन्छ’ भनी सुनाएका थिए । उनको कुरा सुनेर प्रधानमन्त्री इन्दिरा गान्धीले ‘प्रजातन्त्रमा कार्टुन चाहिन्छ निश्चित भएर कार्टुन बनाउनुहोस्’ भनेकी थिइन्

आरके लक्ष्मण कार्टुनिस्ट, इलुस्टेटर र ह्युमरिस्ट थिए । उनले ‘द कमन म्यान’ नामक बिम्व सिर्जना गरेका थिए । जसको धोतीमाथि जवारकोट गान्धीको जस्तै चस्मा, छरपस्ट भएको जुँगा र खुइलिएको तालुको दुवै कान छेउमा उठेको केही कपाल देखिन्थ्यो । उनी समसामयिक राजनीतिक नेताहरूलाई आँखा देखाउने, सचेत गराउने, व्यंग्य गर्नेजस्ता कार्टुनहरू बनाउँथे । आरके लक्ष्मण एउटा कार्टुन बनाउन धेरै गम्भीर हुन्थे । उनी, ‘एउटा कार्टुन बनाइसकेपछि अर्को कार्टुनले चिन्तित बनाउँदछ,’ भन्थे । कार्टुनिस्टले कार्टुन बनाउन धेरै पत्रपत्रिका पढ्नु पर्दछ । समसामयिक राजनीतिक गतिविधिहरू पूरै ख्याल राख्नुपर्दछ । जसको कार्टुन बनाउने हो त्यसको क्यारेक्टर थाहा पाउनु पर्दछ । त्यसको लागि उनी अक्सर गरेर लोकसभा र राज्य सभामा गइरहन्थे । तर, टाढै बसेर राजनीतिक गतिविधि हेर्दथे । उनले आफ्नो समयमा धेरै राजनेतालाई भेटेका थिए । उनी पण्डित जवाहरलाल नेहरूलाई भद्र राजनेता ठान्दथे । उनलाई १० मिनेटको समय दिँदा ६० मिनेट नेहरूसँग बैठक भएको सम्झन्छन् उनी ।

कार्टुनिस्ट आरके लक्ष्मणले आफूले रचना गरेको ‘द कमन म्यान’ क्यारेक्टरलाई ‘मौन निरीक्षक हो’ भनेका छन् । जसले देशको मात्र नभई ‘विश्वकै समसामयिक गतिविधिलाई निरीक्षण गरिरहेको हुन्छ’, भन्ने ठानेका छन् । कार्टुनिस्टहरूलाई स्वतन्त्र भएर कार्टुन बनाउने छुट कहीँ पनि हँुदैन । तर प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकालमा प्रधानमन्त्रीलाई भेट्दा आरके लक्ष्मणले ‘कार्टुनमा एक चेतनामूलक व्यंग्य हुन्छ’ भनी सुनाएका थिए । उनको कुरा सुनेर प्रधानमन्त्री इन्दिरा गान्धीले ‘प्रजातन्त्रमा कार्टुन चाहिन्छ निश्चित भएर कार्टुन बनाउनुहोस्’ भनेकी थिइन् । तर अन्य के हो राजनेताहरू कार्टुन व्यंग्यलाई मन पराउँदैनथेँ । परिवारको सबभन्दा कान्छो सदस्य भएको नाताले उनलाई सबैले माया गर्दथेँ । उनले गरेका कामको प्रशंसा गर्दथे । स्कुलमा पढ्दा उनी त्यत्ति जान्ने विद्यार्थी थिएनन् । परीक्षामा फेल हुँदा कसैले प्रश्न गदैनथे । जबकी उनका पिता हेडमास्टर थिए । उनीसमेत ६ जना दाजुभाइ र दुई जना दिदीबहिनी थिए । उनका जेठो दाजु आरके नारायण एक प्रसिद्ध उपन्यासकार थिए ।

उनका कैयौँ कार्टुनको प्रदर्शनी इन्डियन इन्स्टिच्युट अफ कार्टुनिस्टले सन् २००९, २०१२, २०१३, २०१४, २०१६ मा पटकपटक इन्डियन कार्टुन ग्यालरीमा आयोजना गरेको थियो । आरके लक्ष्मणका थुप्रै पुस्तक लेखिएका छन् । उदाहरणका लागि ‘द बेस्ट अफ लक्ष्मण’ १९९०, ‘लाइफ विथ लक्ष्मण’ १९९९, ‘द न्युनल अफ टाइम’ १९९८, ‘द भेरी बेस्ट अफ द लक्ष्मण’ २०१२, ‘सभेन्ट हफ इन्डिया’ २००२ ‘द डिस्टोरेड मिरर’ २००३, ‘डोज अफ लाफ्टर’ २००२, ‘ए भोट फर लाफ्टर’ २००३, ‘द होटल रिभेरा’ (उपन्यास) १९८९, ‘कमनम्यान एट’ २००३ आदि रहेका छन् ।

कार्टुनिस्ट आरके लक्ष्मणले बनाएका केही कार्टुन ‘मिस्टर एन्ड मिसेज’ नामक हिन्दी र ‘कामराज’ नामक तामिल चलचित्रमा समेत प्रयोग गरिएका छन् । यसैगरी ‘गट्टु’ (१९५४) नामक गरेको एसियन पेन्टस् लिमिटेड ग्रुपको मस्कट पनि आरकेले बनाएका हुन् । ब्रिटिस कार्टुनिस्ट डेभिड लो, कवि टिएस इलियट, विश्वप्रसिद्ध दार्शनिक वर्टनाड रसेल, जेवि प्रिस्ले र प्रसिद्ध साहित्यकार ग्रामग्रिनका क्यारिकेचरहरू पनि उनले बनाएका छन् । त्यसैगरी, उनले ‘मालगडिका दिन’ नामक टिभी सिरियलका लागि स्केचहरू बनाएका छन् । जसको कथा उनका दाजु आरके नारायणले लेखेका थिए भने निर्देशन शंकर नागले गरेका छन् । यसैगरी उनले ‘वाग्लेको दुनियाँ’ मा पनि रेखाचित्र बनाएका छन् ।

कार्टुनिस्टले कार्टुन बनाउन धेरै पत्रपत्रिका पढ्नु पर्दछ । समसामयिक राजनीतिक गतिविधिहरू पूरै ख्याल राख्नु पर्दछ । जसको कार्टुन बनाउने हो त्यसको क्यारेक्टर थाहा पाउनु पर्दछ । त्यसको लागि उनी अक्सर गरेर लोकसभा र राज्य सभामा गइरहन्थे । तर, टाढै बसेर राजनीतिक गतिविधि हेर्दथे ।

प्रसिद्ध कार्टुनिस्ट आरके लक्ष्मणले कार्टुन कलाको माध्यमबाट राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याएको उच्च योगदानको उच्च मूल्यांकन गर्दै भारतीय राष्ट्रपति अब्दुल कालमले उनलाई न्यु दिल्लीमा २८ मार्च २००५ मा आयोजित एक भव्य समारोहमा पद्म विभूषण अवार्ड प्रदान गरेका थिए । यसैगरी, कार्टुनिस्ट आरके लक्ष्मणलाई ‘कर्नाटक राज्यसभाले २००४ मा’ ‘अनोरेरी डक्टरेट’ प्रदान गरिएको थियो । त्यसैगरी पुनेको सेबायोसिस इन्स्टिच्युट अगाडि कार्टुनिस्ट आरके लक्ष्मणको ‘द कमन म्यान’ नामक मूर्ति प्रतिस्थापना गरिएको छ ।


कार्टुनिस्ट आरके लक्ष्मणको पूरा नाम राशिपुरम कृष्णस्वामीलयर लक्ष्मण हो । उनको जन्म अक्टोवर २४, १९२१ मा मैसुरी भारतमा भएको थियो । उनको मृत्यु ९४ वर्षको उमेरमा २६ जनवरी २०१५ का दिन अर्थात् भारतको गणतन्त्र दिवसका दिन दिनानार्थ मंगेसकर हस्पिटल पुनामा भएको थियो । उनका एक छोरा श्री निवास, बुहारी र नातिनी छन् । उनकी पहिलेकी श्रीमतीसँग डिभोर्स भएको थियो । पछि उनले अर्को बिहे गरेका थिए । उनी पनि नोभेम्वर २०, २०१५ मा दिवंगत भएकी थिइन् । आरकेको मृत्युमा महाराष्ट्र सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । उनको पार्थिव शरीरलाई पुनेको ‘द कमन म्यान’ स्ट्याचुको परिसरमा बैकुण्ठ समाधिष्ठ स्थलमा दफनाइएको थियो । यसरी कार्टुनिस्ट आरके लक्ष्मणले द टाइम्स अफ इन्डियामार्फत ‘द कमन म्यान’ बिम्वलाई ‘यु सेड इट’ शीर्षकमा जीवन्त व्यंग्यचित्र बनाएर दिएको योगदानलाई सदैव सम्झिने गरिन्छ ।

प्रतिक्रिया