सिरहा । सिरहाको गोलबजार नगरपालिका– ११ बलकावाका वडाध्यक्ष रामदेव यादवको मृत्यु भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्याइएको गोलबजार नगरपालिकाकी कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिइन् । उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।
प्रतिक्रिया