ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया