एनआरएनए उपाध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।

डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

प्रतिक्रिया