शेष घलेले राखेको प्रस्तावलाई ठाडै अस्विकार गरेको पन्तको खुलासा

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुमार पन्तले निवर्तमान संरक्षक शेष घलेले राखेको प्रस्तावलाई ठाडै अस्विकार गरेको बताएका छन् । काठमाडौंमा जारी एनआरएनको १० औं महाधिवेसनको उदघाटन सत्रलाई सम्वोधन गर्दै १ सय जना बिच प्रतिनिधि भित्र मात्रै मतदान प्रक्रिया अपनाएर नेतृत्व चयन गर्ने घलेले राखेको प्रस्ताव अस्विकार गरेको जनाएका हुन ।

पुर्व अध्यक्ष घलेको नाम नै नलिई अध्यक्ष पन्तले एनआरएन फुटाउने उनको प्रयास पनि असफल भएको दावी गरेका छन । ‘हिजो अस्ति केही दिन अघि पनि गैर आवसीय संघको महाधिवेसन भनेर आयोजना गरिएको थियो, त्यसलाई जोक सम्झिए पनि सम्झनुहोस,’ पन्तले उदघाटन सत्रमा भने, ‘त्यहाँ रहेका साथीहरुले यो संगठनलाई फुटाउन दिनुभएन, तपाईले पहलकदमी गर्नुहोस भन्नु भयो, उसो भए मैले केही गर्नुपर्छ भनेर सोध्दा निवर्तमान प्रमुख संरक्षकज्यूलाई भेटेर कुरा गर्नुहोस भन्ने सुझाव आयो ।’

निवर्तमान संरक्षक घलेसँग भएको वार्तालापका बारेमा थप जानकारी गराउँदै पन्तले अगाडी भने, ‘मैले पटक पटक उहाँलाई म्यासेज गरे, फोनै गरेर भने आउनुहोस मिलेर काम गरौं भने, तपाई एक्लैले यसरी काम गर्न मिल्दैन, यो नेपालीहरुको चाहाना पनि होइन भने, उहाँसँग बिभिन्न राष्ट्रका समन्वय परिषदका सदस्य पनि उपस्थित रहेछन, उहाँहरुले पनि आग्रह गर्नुभयो ।’

एनआरएनको बिभाजनलाई जोगाउनका लागि स्वयं घले पक्षद्धारा गरिएको भनिएको महाधिवेसन स्थल याक एन्ड यतिमा पनि पुगेको पन्तको भनाई थियो । ‘म आफै याक एन्ड यति गए, उहाँले भन्नु भयो, कार्यक्रम सुरु भईसकेको छ, यसैलाई अब क्यारी अन गर्नुहोस, मैले भने– अदालतमा मुद्धा चलेको छ, अदालतले चुनाव नगराउनु भनेको छ, चुनाव गराउनतर्फ लागियो भने समस्या पो हुने हो कि ? बरु यसलाई प्रि–कन्फ्रेन्स भनौं, महाधिवेसन उदघाटन भयो, हिजो हामी थिएनौ तर पनि उदघाटन समारोह मान्न तयार छु तर त्यसरी भन्दा के पो हुने हो कि, पहिला वकिलहरुसँग सल्लाह गर्छ, यदि सही रैछ भने म क्यारीअन गर्न मञ्जुर छु ।’

घलेसँग याक एन्ड यतिमा भएको बार्ताका बारेमा अध्यक्ष पन्तले थप अगाडी भने, ‘तर, उहाँको सर्त थियो– हिजो रजिस्टर्ड भएका मान्छेहरु अर्थात झन्डै १ सय जनाको बिचमा चुनाव गराउनु होस, उहाँका अनुसार त्यो मेरो कर्तब्य रे, अन्तर्राष्ट्रिय समन्वय परिषदको काम रे अनि म अब यो जोकमा फस्दिन भनेर त्यहाँवाट जुरुक्क उठेर हिडे ।’

उनका अनुसार घलेका आग्रहमा उपस्थित हुन आएका प्रतिनिधिहरुले पनि ‘एनआरएनलाई फुटाउने काममा लाग्नु भएको रहेछ भन्ने बुझनु भएछ, पछि मलाई आएर भन्ने उहाँहरुले नै भन्नु भयो– हामी तपाईको पक्षमा छौं, अघि बढनुहोस भनेर साहस दिनु भयो, अहिले हामी एकताबद्ध भएर उभिएका छौं ।’ सो सम्मेलनमा घलेबाहेक सबै पुर्व अध्यक्षहरु उपस्थित भएको सो कार्यक्रम काठमाडौंमा जारी छ ।

प्रतिक्रिया