भीम रावलमाथि खनिए देउवा : अहिले आएर जे पायो त्यही बोल्ने लाज छैन?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विषयमा एमाले नेता भीम रावलले गतल प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । नुवाकोट किस्पाङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रावलप्रति कटाक्ष गरेका छन् । उनले एमससीसी संसदबाट पास गर्नुपर्छ भनेर एमालेका अध्यक्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश गर्दा त्यसबेलाका अर्थमन्त्री र रक्षा भीम रावल नै भएकाले अहिले सबैभन्दा बढी एमसीसीको खिलापमा बोल्नु गलत भएको बताएका छन् ।

उनले भनेका छन्-त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो । आफैंले पास गर्ने त्यो बेला आफू मन्त्री हुने एमससीसी खराब थियो भने भीम रावलले त्यो बेला किन राजीनामा गर्नुभएन ? भीम रावलले के हेरेर बसेका थिए त्यस बेला ? अहिले किन बिरोध गर्दै छन्? यदि खराब थियो त्यही बेला राजीनामा गर्नुपथ्र्यो, त्यही बेला एमसीसीको खिलापमा लाग्नुपथ्र्यो । त्यस्ता दुई जिब्रे बन्न पाइन्छ ?’

उनले अगाडि भने-आफू रक्षा मन्त्री हुँदा पास गर्ने, क्याबिनेटबाट पास गरेर संसदमा ल्याउने र संसरबाट पास गर्नुपर्छ भनेर निर्णय गर्ने अनि अहिले मैले ओलीजीले ल्याउनुभएको प्रस्ताव ल्याउँदा किन टाउको दुख्ने ? त्यो बेला मन्त्री हुँदा टाउको नदुख्ने । त्यो बेला दिमाग खुस्केको थियो ?’

प्रतिक्रिया