उपराष्ट्रपति पुनद्वारा संखुवासभाको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संखुवासभाको मादी नगरपालिका– ६ पुलुङस्थित सात घुम्तीमा आज बस भीरबाट खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

उपराष्ट्रपति उनले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया