प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् । बुधबार दिउँसो १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।

अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन भएपछि पहिलो पटक संसद बैठक बसेको हो । यही आइतबार एमालेको अवरोधबीच संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भइसकेको छ

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानूनमन्त्री दिलेन्द्र बडूले पेश गरेका छन् । उनले उक्त प्रतिवेदन पेस गरेसँगै सापकोटाले फागुन २२ गते आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया