प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् ।

माओवादी संसदीय दलको बुधबार बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्न निर्र्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए । उक्त निर्णय गरेपछि प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया