धादिङमा एमसिसि विरुद्ध प्रदर्शन

धादिङ । नेकपा एकीकृत समाजवादी पार्टीको मोर्चा संगठनले धादिङमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नी प्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गरेको हो ।

सदरमुकाममा प्रदर्शनपछि बीचबजार चोकमा कोडसभा गर्दै मोर्चा संगठनले एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गरेका थिए । कोणसभामा अनेम संघका केन्द्रिय सदस्य सविता अर्याल, युवा संघ केन्द्रिय सदस्य टिकाराम नेपाली, किसान महासंघका जिल्ला अध्यक्ष शिव सापकोटा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया