रास्कोट नगरपालिकामा हाजिरजवाफ सम्पन्न

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका– २ सिपखानामा अतिरिक्त क्रियाकलापबारे हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मोतिराम माध्यमिक विद्यालय सिपखानाको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा हाजिरजवाफ प्रतियोगिता गरिएको हो ।

सिओसीमा आवद्ध नियमित विद्यालयमा उपस्थित हुने बालबालिका तथा सिओसी कक्षामा संलग्न बालबालिकाहरुबीच हाजिरजवाफ प्रतियोगिता भएको हो । बालविवाह, छिटो विवाह, जबरजस्ती विवाह न्यूनिकरण परियोजना अन्तर्गत हाजिरजवाफ प्रतियोगिता भएको फिल्ड सुपरभाईजर सुपारी तिरुवाले बताईन् ।

रास्कोट नगरपालिका– २ का सिओसी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सिम्खाडाको अध्यक्षता, मोतिराम माध्यमिक विद्यालयका प्रधानाध्यापक किष्णप्रसाद बरालको प्रमुख आतिथ्य, शिक्षक विष्णुप्रसाद आचार्य, सिओसी व्यवस्थापन समितिका सचिव नौल लुवार, रास्कोट नगरपालिकाकी फिल्ड सुपरभाईजर सुपारी तिरुवा लगायतका अतिथिहरुको उपस्थितमा अतिरिक्त क्रियाकलाप सम्बन्धि हाजिरजवाफ प्रतियोगिता भएको हो ।

समूहगत हाजिरजवाफमा हिमाल, पहाड, तराई, सगरमाथा गरी चार समूहमा हाजिरजवाफ प्रतियोगिता भएको हो । जसमा पहाड समूह प्रथम, सगरमाथा समूह द्वितिय र तृतियमा हिमाल समूह तथा सान्त्वनामा तराई समूह भएको छ ।

प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई अति आवश्यक स्टेशनरी समानाहरु पुरस्कार दिइएको फिल्ड सुपरभाईजर तिरुवाले बताइन् । समाजमा रहेका परम्परागत हानिकारक अभ्यास न्यूनिकरण, कोभिड विशेष तथा बालबालिकाको हितका लागि प्रश्नावली तयार गरिएको बताइएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया