स्टयान्डर्ड चार्टर्ड बैंकलाई इक्राको रेटिङ

काठमाडौ । रेटिङ संस्था इक्रा नेपाालले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई (आईसीआरएएनपी–आईआर) एएए रेटिङ प्रदान गरेको छ । यो रेटिङको अर्थ बैंक वित्तीय सेवामा सुरक्षित विन्दुमा रहेको मानिन्छ । यसमा ऋण जोखिम एकदमै कम रहेको रेटिङले देखाएको छ । लगातार तेस्रो वर्ष बैंकले राम्रो रेटिङ पाएको हो ।

इक्राका अनुसार कोरोना महामारीको प्रभावका बाबजुद कम्पनीको पुँजीकरण र स्वस्थ सम्पत्ति रहेकाले बैंकको बलियो वित्तीय प्रोफाइललाई रेटिङले देखाएको छ । बैंकको सन् २०२१ मध्य अक्टोबरसम्म जोखिममा हुनसक्ने सम्पत्ति अनुपात १६ दशमलव शुन्य ९ प्रतिशत र टायर १ सय १४ दशमलव ४६ प्रतिशत रहेको छ । जुन न्यूनतम नियामकीय आवश्यकता ११ प्रतिशत र ७ प्रतिशतभन्दा राम्रो विन्दुमा देखिएको इक्राले जनाएको छ ।

बैंकको कस्ट अफ फन्ड तथा विश्व ब्रान्डको चिनारीले बैंकलाई प्रतिस्पर्धी स्थानमा राखेको र यसको डिपोजिटमा पनि सुधार देखिएको रेटिङले देखाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले एएए रेटिङ लगातार तीन वर्षसम्म पाइरहँदा हाम्रो ग्राहक र स्टेकहोल्डरप्रतिको प्रतिबद्धतालाई उजागर गरेको बताएका छन ।

प्रतिक्रिया