बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

कोभिड-१९ का कारण सीमित मानिसहरुबीच बिहे सम्पन्न गरिएको छ। साथै, विवाहमा आएका सबै अतिथिहरुसँग आरटी-पीसीआर रिपोर्ट पनि मागिएको थियो । आज साँझ पनि उनीहरुको बंगाली रितीरिवाजका साथ बिहे हुने बताइएको छ । सुरज र मौनी लामो समयदेखि प्रेमसम्बन्धमा थिए । कर्नाटक स्थायी घर भएका सूरज दुबईमा इन्भेस्टमेन्ट बैंकरका साथै सिभिल इन्जिनियर पनि हुन् । उनीहरुको रिसेप्सन पार्टी भने मुम्बईमा हुने बताइएको छ । टिभी सिरियलमा ‘नागिन’को भूमिकाबाट चर्चामा आएकी मौनी आगामी फिल्म ‘ब्रम्हास्त्र’मा देखिँदैछन् ।

प्रतिक्रिया