२६ बैंकको नाफा ३३ अर्ब ४६ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन । हाल नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वित्तीय संस्थाको संख्या २७ वटा रहेको छ । त्यसमध्ये २६ वाणिज्य बैंकले पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन । सोही अपरिस्कृत वित्तइि विवरणमा अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा धेरै नै बढि हो । यद्यपि हिमालयन बैंकले अझसम्म पनि वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेर अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयनले वित्तीय विवरण सार्वजनिक गर्न नसकेको हो । अघिल्लो वर्षको पुस मसान्त सम्म यो बैकले ६५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

धेरै नाफा आर्जन गर्ने बैकमा ग्लोबल आईएमई रहेको छ । ग्लोबल आईएमईले १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा यो बैकको २ अर्ब ३१ करोड रुपैयाँ नाफा थियो । चालु आबको पुस मसान्तसम्ममा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । यो सबै बैंकहरुको भन्दा बढी हो ।
एनआईसी एशियाले मंसिर मसान्तमै २ अर्ब नाफा गरेको थियो । एनआईसीले २ अर्ब ४० करोड नाफा आर्जन गरेको छ । यसैगरी नबिल बैंक ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा नबिलले २ अर्ब १ करोड रुपैयाँ र रावा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

धेरै नाफा कमाउने पाँचौ नम्बरमा एनएमबि बैंक देखिएको छ । एनएमबि बैंकले अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ कमाएकोमा यस वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरि थप ११ बैंकले १ अर्ब रूपैयाँ भन्दा बढी नाफा गरेका छन् । पुस मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ भने बढी नाफा कमाउनेमा प्राइम कमर्सियल बैक पनि देखिएको छ । उक्त बैकको नाफा १ अर्ब ६७ करोड रुपैयाँ छ ।

नाफाको अनुपात बढाउनेमा सिभिल बैंक अग्रस्थानमा रहेको छ । उक्त बैंकले गत वर्षको पुसको भन्दा १ सय ४८ प्रतिशतले नाफा बढाएको छ । त्यसैगरि, सिद्धार्थ बैंकको नाफा ७१ प्रतिशतले बढेको छ । तर ५ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा पाँच वाणिज्य बैंकको नाफा घटेको हो । नाफा घट्नेमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक , एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । ती बैंकहरुको नाफा क्रमशः १६ दशमलव ९० प्रतिशत, ७ दशमलव ४३ प्रतिशत, २१ दशमलव ७६ प्रतिशत, १२ दशमलव ७८ प्रतिशत र १३ दशमलव ८२ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया