कोरोनाले न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रोकियो

वेलिंग्टन । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन संक्रमणका कारण आफ्नो बिहे रोकिएको जानकारी दिएकी छन् । उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी छन् ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत उनले दिएकी छन् । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया