नबिल बैंक, सीएनआई–वुमन र महिला शक्तिबीच सहकार्य

काठमाडौं । महिलामा उद्यमशीलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पु¥याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्येकारी अधिकृत अनिलकेशरी शाह, वुमन लिडरसिप फोरमको तर्फबाट संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तीकरण हो र महिलाको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे । कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै सम्झौताले महिलाको आर्थिक विकास सँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पु¥याउने बताए ।

वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको एउटा पहल हो । स्थापनादेखि ‘महिला नेतृत्व विकास’को मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो, जसले देशैभरि महिला सशक्तीकरण र महिला नेतृत्वको विकाससम्बन्धी काम गर्दै आइरहेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले १५ असार २०७८ धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पह“ुच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया