पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो ।

बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन लगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको पुसमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा २४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्रै चुनेको थियो । महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ ।

त्यसैगरी बाँकी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य पनि टुंग्याउन बाँकी छ । यी विषयमा पनि छलफल भएको छ । माओवादीमा महासचिव छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

प्रतिक्रिया