समाजवादी प्रेस संगठनको सचिवालय विस्तार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संस्था समाजवादी प्रेस संगठन नेपालको सचिवालय विस्तार गरिएको छ । विस्तारित सचिवालयमा अध्यक्ष शम्भु श्रेष्ठसहित विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भूपराज खड्का रहेका छन् । यस्तै रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर, कृष्णराज गौतम, गोविन्दप्रसाद चौलागाईं र सुभाषप्रसाद साह गरी १५ जना सचिवालयमा रहेका छन् । बिहिबार काठमाडौंमा बसेको संगठनको पदाधिकारी बैठकले आगामी फागुन ७ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि विभिन्न समितिहरू पनि गठन भएको महासचिव भूपराज खडकाले बताए ।

रामकुमार एलनको संयोजकत्वमा ध्रुव रायमाझी र सविन शर्मा सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । विश्वमणि सुवेदी संयोजक तथा मधुकर लुइँटेल र आशिष गुरागाईं सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति, कृष्णराज गौतम संयोजक तथा नारायण पौडेल र उर्मिला कुँवर सदस्य रहेको आर्थिक व्यवस्थापन समिति, बुद्धवीर वाहिङ राई संयोजक तथा उत्तर विष्ट र पूर्ण कार्की सदस्य रहेको मञ्च तथा हल व्यवस्थापन समिति गठन गरिएको छ ।

यसैगरी भवानी कार्की संयोजक तथा प्रेम गौतम र रमा खड्का सदस्य रहेको अतिथि व्यवस्थापन समिति, प्रकाश खतिवडा संयोजक तथा दिनेश कार्की र सौगात मिश्र सदस्य रहेको स्वयंसेवक व्यवस्थापन समिति, शान्तराम बिडारी संयोजक तथा लेखनाथ सिकारु र माधव पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति गठन भएको छ ।

यस्तै संगठनका विभिन्न विभागहरू पनि गठन गरिएको छ । प्रत्येक विभागमा रहने ५ जना सदस्यको नाम ७ दिनभित्र सचिवालय समक्ष प्रस्ताव पेस गरिसक्ने गरी संगठन विभागको संयोजकको जिम्मेवारी भूपराज खड्कालाई दिइएको छ ।

प्रशिक्षण विभागको संयोजक रामकुमार एलन, सरकारी संचार माध्यम समन्वय विभागको संयोजक विश्वमणि सुवेदी, विदेश विभागको संयोजक ऋतुराज सुवेदी, प्रचार तथा प्रकाशन विभागको संयोजक उर्मिला कुँवर, मोर्चा तथा जनसंगठन समन्वय विभाग संयोजक नरेन्द्र साउद, समावेशी विभाग संयोजक बुद्धवीर बाहिङ राईलाई तोकिएको छ ।

यसैगरी महिला विभागको संयोजक भवानी कार्की, आर्थिक विभागको संयोजक कृष्णराज गौतम, अनलाइन तथा सामाजिक संजाल समन्वय विभागको संयोजक सुभाषप्रसाद साह, छापा माध्यम, आमसंचार माध्यम समन्वय विभागको संयोजक प्रकाश खतिवडा, प्रसारण माध्यम समन्वय विभागको संयोजक तेजप्रसाद वाग्ले, मोफसल तथा साना लगानी मिडिया समन्वय विभागको संयोजक नवराज छत्कुली र पत्रकार महासंघ तथा अन्य पत्रकारका पेसागत संगठन विभागको संयोजक गोविन्दप्रसाद चौलागाईंलाई तोकिएको छ ।

नारायण पौडेलको संयोजकत्वमा अनुशासन आयोग गठन गरिएको छ भने माधव पौडेलको संयोजकत्वमा लेखा आयोग गठन गरिएको छ । यी दुवै आयोगका संयोजकलाई एक जना महिलासहित ३ जनाको नाम ७ दिनभित्र संगठन विभाग समक्ष प्रस्ताव गर्न भनिएको छ ।

प्रतिक्रिया