२०२१ मा चीनको जन्मदर न्यून

एजेन्सी । चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्यांकले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् । बेइजिङले जनसंख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल, सुस्त अर्थतन्त्र र दशकहरूमा देशको सबैभन्दा कमजोर जनसंख्या वृद्धिको सामना गरिरहेको छ । राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार सन् २०२० मा एक हजार व्यक्तिमा ८ दशमलव ५२ दर रहेकोमा सन् २०२१ मा ७ दशमलव ५२ मा झरेको विभागले जनाएको छ ।

सो विभागका अनुसार सन् १९४९ मा चीनमा कम्युनिस्ट स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्यांक सबैभन्दा कम हो । सन् २०२१ मा, देशले १ करोड ६ लाख २० हजार जन्मदर्ता गरेको छ । आधिकारिक तथ्यांकअनुसार, यसैसँगै देशको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ । ‘जनसांख्यिकीय चुनौती राम्ररी थाहा छ तर जनसंख्या बुढ्यौलीको गति अपेक्षा भन्दा छिटो छ,’ पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवेई झाङले भने, ‘यसले चीनको सम्भावित बृद्धि अपेक्षा गरेभन्दा छिटो नहुने संकेत पनि गर्छ’ उनका अनुसार यसले चीनलाई चिन्तित बनाएको छ । एक दशकमाा एकपटक गरिने गतवर्षको जनगणनाको नतिजाअुसार चीनको जनसंख्या सन् २०६० पछि सबैभन्दा कम दरमा बढेको छ । जनसंख्या नियन्त्रणका लागि चीनले एक सन्तान नीति लिएको थियो ।

प्रतिक्रिया