एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि 

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा रह्यो ।

विजेता एपीएफले तीन लाख रुपैयाँ र उपविजेता टोली आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फको तेस्रो स्थानका लागि न्यु डाइमन्ड एकेडेमी र पुलिसबीच शनिबारै प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल, साबिक विजेता पुलिस, एपीएफ, आर्मी र  न्यु डायमन्ड गरी पाँच टोली सहभागी थिए । मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया