कांग्रेस महामन्त्रीमा गगन थापा विजयीको नजिक !

काठमाडौं । १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयीको नजिक पुगेका छन् । बिहीबार बिहानबाट सुरु भएको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिँदै आएका छन् ।

मंसिर २४ गतेबाट सुरु भएको महाधिवेशनमा ४६७९ मत खसेको थियो । जसमध्ये ३६२० मत गणना भइसकेको छ । यसमा थापाले २३४८ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १४७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले ११९० मत पाएका छन् । अब १०५९ मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया