अदितिको चर्चा व्यापक

नयाँ दिल्ली । अदिति राव हैदरी सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामन्डी’ मा काम गरेदेखि नै चर्चामा छिन् । सिरिजमा उनको अभिनय र नृत्य दुवैको तारिफ भइरहेको छ । गीत ‘सैयाँ हटो जाओ’ मा रहेको उनको ‘गजगामिनी चाल’ सामाजिक सञ्जालमा भाइरल छ ।

उनको अन्तर्वार्ता पनि धेरैले हेर्ने गरेका छन् । त्यत्तिकै चासो पूर्वक सुन्ने पनि गरेका छन् । एक अन्तर्वार्तामा अदितिले यो हिँडाइलाई के भनिन्छ थाहा नभएको बताइन् । अदितिले कम मिहिनेतले यो सफलता पाएकी भने होइन ।

अदितिले भनिन्, ‘म सञ्जय सर र मेरो डान्स टिचरलाई सोध्न चाहन्थेँ यो के हो ? यो गजगामिनीको चाल हो कि हंसको चाल ? यो कस्तो चाल हो जुन मलाई थाहा थिएन !’ उनले थपिन्, ‘अन्त्यमा सञ्जय सरले जे गर्न भन्नुभयो त्यही गरेँ । मैले सञ्जय सरको आज्ञा पालन गरेँ ।

कथकमा ‘मयुर चाल’ छ, त्यसपछि ‘गजगामिनी’ छ भन्ने थाहा छ, तर यो कुन चाल हो मैले खोज्नुपर्यो । अदितिका अनुसार सञ्जय सरले सबै कुरामा ध्यान दिन्थे । उनले भनिन्, ‘उहाँ चाहनुहुन्थ्यो कि सबै कुरा पूर्णताका साथ होस् ।

विशेष तालमा सल खसोस्, टाउको घुमोस् र घुङ्रुको आवाज ठ्याक्कै ठोकियोस् भन्ने चाहना उहाँको हुन्थ्यो ।’ उनले गजगामिनी चालका कारण आफ्नो तौल बढेको समेत बताइन् ।

प्रतिक्रिया