महामन्त्रीको मतगणना हुँदै गर्दा मिनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी रहेकै बेला रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आएलगतै राजीनामा घोषणा गरेका हुन् ।

महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र ६ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए ।

कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगन थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् ।

प्रतिक्रिया