महाधिवेशन प्रतिनिधिलाई शेखरकाे आह्वान, ‘अन्तरात्माको कुरा सुनेर मत हाल्नु होला’

काठमाडौं । नेपाली कांग्रेसका सभापति उम्मेदवार शेखर कोइरालाले गुटउपगुट विर्सिएर मतदान गर्न प्रतिनिधिहरुलाई आह्वान गरेका छन् । दोस्रो चरणको मतदान अघि मंगलबार पत्रकार सम्मेलन गर्दै उम्मेदवार कोइरालाले गुटउपगुट विर्सेर अन्तरात्माको कुरा सुनेर मतदान गर्न आग्रह गरेका हुन् ।

‘राजनीतिक महाधिवेशनका प्रतिनिधि आफैं नेता हुन् । वहाँहरुले जुन भोट दोस्रो चरणमा दिनुहुन्छ, मनको अन्ताआत्माले विवेक प्रयोग गरेर गर्नुहुने छ ’ उनले भने ‘ एक भोटले नेपालको भविष्य परिर्वतन हुने कुरा आग्रह गर्न चाहन्छु । गुटउपगुट र भागवन्डा सवै विर्सेर विवेक प्रयोग गर्नुस् ।’ उनले आफूले व्यवस्थित कांग्रेस बनाउने कुरा गरिरहेको बताए । ‘म व्यवस्थित नेपाली कांग्रेस बनाउने कुरा गरिरहेको छु’ उनले भने, ‘नेपाली कांग्रेसभित्र जस्तो अव्यवस्थित अवस्था छ त्यसमा मैले चार वर्षदेखि रुपान्तरणको कुरा गरेको छु । ’मिलेर काम गर्छौ भन्ने कुरा आफ्नो टिम हेरेर भन्न सकिने उनले बताए ।

प्रतिक्रिया