नाराबाजी गर्ने कार्यकर्तालाई देउवाले भने, ‘कसरी बनाउनुहुन्छ देश ?’

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसको सभापति पदका उमेदवार शेरबहादुर देउवाले केही महाधिवेशन प्रतिनिधिको व्यवहारले आफूलाई दुःख लागेको बताएका छन् । आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएपछि कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेता–कार्यकर्ता अनुशासित हुनुपर्नेमा जोड दिए ।

‘तपाईंहरूको व्यवहारले मलाई दुःख लागेको छ । कांग्रेस अनुशाासित हुनुपर्छ । भोलि तपाईंले पार्टी बनाउने हो । देश बनाउने हो,’ देउवाले भने, ‘जित–हार आफ्नो ठाउँमा होला । तर, नेताको रेस्पेक्ट गर्न सक्नु भएन भने कसरी बनाउनुहुन्छ पार्टी ? कसरी बनाउनुहुन्छ देश ?’ लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो ।

प्रतिक्रिया