देउवाले बहुमत पुर्याउन नसकेपछि सभापति पदको चुनाव पुग्यो दोस्रो चरणमा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया