प्रधानमन्त्री कार्यालयलाई रास्वपाका ४ मन्त्रीको पत्र

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् । उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले आआफ्नो सम्पत्ति सार्वजनिक गराउन छुट्टाछुट्टै पत्र लेखेका हुन् ।

सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरिएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए । आफूहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएपनि त्यहाँबाट सार्वजनिक नभएकोले पत्राचार गरिएको ती मन्त्रीले बताए । ‘देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने भन्दै सम्पत्ति विवरण सार्वजनिकका लागि अनुरोध गरेका हौँ,’ ती मन्त्रीले भने ।

प्रतिक्रिया