सभापतिमा १५ सय मत गणना हुँदा कसको कति मत ?

काठमाडाैं । नेपाली कांग्रेसको सभापतिमा बिहान साढे ६ बजेसम्म १ हजार ५ सय मत गणना भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १ हजार ५ सय मत गणना हुँदा शेरबहादुर देउवाले ७२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ५६२ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले ११६, विमलेन्द्र निधिले ८१ र कल्याण गुरुङले ४ मत पाएका छन् । आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो । गएराति साढे ११ बजेसम्म मतदान भएको थियो ।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन् । कूल ४ हजार ७४३ मतदाता रहेका थिए । सभापतिमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ। ५० प्रतिशत मत नआएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा मतदान हुन्छ ।

प्रतिक्रिया