लिङ्देनलाई कमल थापाकाे चारबुँदे पत्र (पत्रसहित)

काठमाडौं । राप्रपा नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र पठाउँदै मतदानमा निर्मल निवासको हस्तक्षेपको छानबिनको माग गरेका छन् ।

पत्रमा उनले भनेका छन्– ‘यहाँ प्रश्न हार वा जीतको होइन । मेरो यो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रुपमा नबुझिदिनुहुन विनम्र आग्रह गर्दछु । मैले जितेको भए पनि निर्मल निवासको यो हस्तक्षेप कदापि स्वीकार्य वा उपयुक्त ठहरिने थिएन । एउटा खेलाडी भएको नाताले हार वा जीतले मलाई केही फरक पार्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिष्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा छ । राप्रपाको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेपको यो पहिलो घटना पनि होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्नै गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदितै छ । सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्छ भने निर्मल निवासको अगाडि कोही सुरक्षित छैन ।’

प्रतिक्रिया