एनसेल र राकुटेन भाइबरको साझेदारी

काठमाडौं । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरू हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउँछन् ।

यी प्याकहरूका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन । पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजिङ, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरूको पहुँच सुनिश्चित भएको छ ।
भाइबरले प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न सुरक्षा पनि परिष्कृत गरेको छ । त्यसैगरी, एनसेल ग्राहकहरूले भाइबरको स्टिकरहरूमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विषेश गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ ।
‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजिङ एपहरूमध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं । हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौं र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा छौं,’ एनसेलका चीफ कमर्ससियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटलबाट सेवा उपलब्ध गराउँदै आएको छ । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर)मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्नेछ । राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्यबीच ठूलो तालमेल रहेको छ ।’

प्रतिक्रिया