पुस्तकमा शिल्पी सम्पदा

काठमाडौं । शिल्पी समुदायमा परम्परादेखि प्रचलित विभिन्न सीपगत कार्यसँग सम्बन्धित विषय समेटेको पुस्तक प्रकाशित भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ नामक पुस्तक प्रकाशित भएको छ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत लेखक डिबी नेपाली ‘दमु’ द्वारा लेखिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं संस्कृति विभाग प्रमुख डा. जगमान गुरूङका अनुसार लेखक नेपालीले गण्डकी प्रदेशमा बसोबास गर्ने कामी, दमाई, सार्की आदि शिल्पी समुदायमा परम्परादेखि प्रचलित तर अहिलेसम्म ओझेलमा परिरहेको मन्त्र सम्पदाको स्थलगत खोज–अनुसन्धान गरी पुस्तक तयार पारेका हुन् । उपकुलपति डा. गुरुङले पुस्तकले प्रज्ञा–प्रतिष्ठानको समावेशी एवं समन्वयात्मक नीतिलाई राम्ररी प्रकाश पार्नुका साथै जनस्तरमा प्रचलित महत्वपूर्ण सम्पदालाई बौद्धिक समाजसमक्ष प्रस्तुत गरी यसको उपयोगितालाई ग्रहण गरेर मानव जीवनलाई सुखमय बनाउन सहयोगसमेत पु¥याएको छ । ५१२ पृष्ठको पुस्तकको मूल्य ५९० रहेको छ ।

प्रतिक्रिया