लुम्बिनी विकास बैंकका ५ नयाँ शाखाकाे उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले एकैसाथ थप नयाँ पाँच शाखाकार्यालयहरुको उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले खोलिएका शाखाहरुको उद्घाटन गरेको हो । बैंकले ७३औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोकस्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला,तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रुपमा दाङ जिल्ला घोराही उप–महानगरपालिका वडा नं. १५ बि.पि.चोक स्थित घोराही शाखा दाङ र ७७औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोकस्थित कोहलपुर शाखा रहेका छन् ।

बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन विकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरे । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप–प्रमुख माया देविपौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गरे । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गरे ।

घोराही शाखाको उद्घाटन घोराही उप –महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा उद्घाटन गरेका हुन् । यसका साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले सयुंक्त रुपमा गरे ।

प्रतिक्रिया