राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडाैं । राप्रपाको अध्यक्ष पदमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन् । उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन् । महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन् । त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया