काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोडबराबरको प्राथमिक सेयर निष्कासनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन । उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रबन्धको रूपमा सानिमा क्यापिटल रहेको छ ।
प्रतिक्रिया