जानकी मन्दिरलाई एसबीआई बैंकद्धारा डस्टबिन प्रदान

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ । बैकको यो पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाइमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सो अवसरमा बैंकले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ । जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ । डिजिटल डोनेसन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।

जानकी मन्दिरमा आयोजना भएकोे समारोहमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले डस्टबिन, क्यूआर कोड, पोस उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया