स्वस्तिक आयललाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान

काठमाडौं । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण एवं अर्थतन्त्रमा योगदान पु¥याई उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ ।

संघले ६५औं वार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विकास दुगडलाई सम्मान प्रदान गरेका हुन । स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेलजस्ता गुणस्तरीय तथा लोकप्रिय तेल उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया