शिवम् सिमेन्टको निर्माणकर्मी जोखिम बीमा

काठमाडौ । शिवम् सिमेन्टले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माण कर्मीसंगको निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमा ५ सय बढि निर्माण कर्मीसंग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीको लागि ५ लाख रुपैया बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढि निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मी संग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको जनाएको छ ।

अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीलाई दक्ष एबं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई आईपर्ने निर्माण सम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराएको थियो । शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ । पहिलो चरण अन्र्तगत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरु संग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया