सर्वोच्चमा १२ बजिसक्दासम्म पनि तोकिएन पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासम्बन्धी विवादले सर्वोच्च अदालतमा पेसी तोक्न पनि समस्या उत्पन्न भएको छ । बिहीबार १२ बजिसक्दासम्म पनि पेसी तोकिएको छैन । सामान्तया: साढे १० बजेसम्म पेसी तोकिँदै आएको छ । बिहीबार भने १२ बजेसम्म पेसी तोकिएको छैन । बुधबारदेखि गोला प्रणालीबाट पेसी तोक्न सुरु गरिए पनि इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका छन् । तर, कायममुकायम प्रधानन्यायाधीश नतोकिँदा समस्या भएको हो ।

न्यायाधीशहरूले १२ बज्दासम्म पनि गोला नथुतेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । न्यायाधीशहरू अहिले छलफलमा रहेका छन् । प्रधानन्यायाधीशको विषयमा छलफल गर्नका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले न्यायाधीशहरूलाई भेटेका थिए ।

प्रतिक्रिया