‘नेपालमा जति कम पार्टी भयो, त्यति राम्रो हो’

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा थोरै हुनु राम्रो भएको बताएका छन् । ‘तीनवटा पार्टी मिलेर एकता गर्नुभएको छ । यसका लागि धन्यवाद’, राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा मंगलबार सम्बोधन गर्दै उनले भने, ‘नेपालमा जति कम पार्टी भयो, त्यति राम्रो हो।’

उनले राप्रपा र आफूहरुको पार्टीगत विचार र मान्यताहरु फरकफरक भएको स्मरण गराए । उनले पार्टीहरुबीचमा आगामी दिनमा राष्ट्रियताको मुद्दामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको स्मरण गराए ।

प्रतिक्रिया