‘८३’ को ट्रेलर

मुम्बई । चर्चित भारतीय क्रिकेटर कपिल देवको विषयमा आधारित रही निर्माण भएको चलचित्र ‘८३’ को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण अभिनीत यो चलचित्र इमोसन र एक्सनले भरिएको छ । सार्वजनिक ट्रेलरमा सन् १९८३ मा भएको क्रिकेटको वल्र्ड कप जितको खुसीलाई समेत देखाइएको छ । चलचित्रमा क्रिकेटर कपिल देवको भूमिका अभिनेता रणवीरले निर्वाह गरेका छन् । क्रिकेट टिमको खेलमार्फत सुरु भएको ट्रेलरमा रणवीरलाई दुरुस्तै कपिल देवको रुपमा देख्न सकिन्छ । चलचित्रको ट्रेलर अभिनेता रणवीरले मंगलबार इस्टग्राममार्फत सार्वजनिक गरेका हुन् । ट्रेलरमा रणवीरको अभिनयको थुप्रै प्रशंसकले प्रशंसा गरेका छन् ।

कपिल देवको जीवन यात्रालाई देखाउन खोजिएको ट्रेलर ३ मिनेट ४९ सेकेन्डको रहेको छ । चलचित्रमा पंकज त्रिपाठीले तत्कालीन भारतीय क्रिकेट टिमको व्यवस्थापक पिआरमान सिंहको भूमिका निर्वाह गरेका छन् । हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम लगायतका भाषामा सार्वजनिक हुने चलचित्रमा अभिनेत्री दीपिका कपिल देवकी पत्नी रोमी भाटियाको भूमिकामा छन् । यस्तै, चलचित्रमा ताहिरराज भासिन, जीवा सलिम, जतिन सराना, चिराग पाटिलको समेत मुख्य भूमिका छ । चलचित्र २४ डिसेम्बरदेखि सार्वजनिक प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया