लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धता

काठमाडौं । मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । यस प्रणालीले ग्राहकलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ । नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भाउचरका लागि स्वचालित इमेलको व्यवस्थाका साथै दावी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याकन जस्ता सुविधा समावेश गरिएका छन् ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना ग्राहकको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ । साथै उनले दु्रत दाबी समाधान नै लघुबीमा ग्राहकको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हने बताए ।

लघुबीमा मार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेटलाइफ सन् २००९ मा लघवित्त संस्थासँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो । कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्ला भरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ । ऋणीहरुको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरि निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ ।

सन् २००९ भन्दा पहिले लघुवित्त संस्थाका ऋणीहरूको बीमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन । मेटलाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरि नेपालमा लघुविमा योजना शुरु गरेको थियो । तत्पश्चात मेटलाइफले यसको नियमित समिक्षा गरि प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ । मेटलाइफले हाल २४ लघुवित्त संस्थासँग साझेदार गरि ८ लाख ऋणीको बीमा गरेको छ । हालसम्म कम्पनीले करिब २४ हजार दावी वापत १ अर्ब ३० करोड रुपयाँ भूक्तानी गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया