कामना सेवा बैंकको दुई शाखा विस्तार

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालय विस्तार गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका अध्यक्ष्य सुदिप आचार्यले उदघाटन गरेका हुन ।

बैकले सोसल मिडिया बैकिग, मोवाइल बैकिग, एसएमएस बैकिग जस्ता विभिन्न डिजिटल माध्यमबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । बैंकले १ सय २९ वटा शाखा, १ विस्तारित काउन्टर तथा ७६ एटिएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया