खेल-खेलाडी

खेलकुद परिषदको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

सौर्य अनलाइन २०७८ मंसिर १३ गते १९:२० मा प्रकाशित

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।

नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका रामेछापका घिसिङ व्यवसायी समेत हुन् । तत्कालीन नेकपा सरकारले नियुक्त गरेका रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो ।

सिलवाल आफूलाई गैरकानूनी रुपमा हटाइएको भन्दै अदालत जाने तयारीमा छन् । सर्वोच्च अदालतमा इजलास हडतालका कारण उनको मुद्दा सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया