खोजखबर

एमालेको महाधिवेशन : बन्दसत्र आज साँझ ७ बजेदेखि हुने

सौर्य अनलाइन २०७८ मंसिर १२ गते १८:०६ मा प्रकाशित

भरतपुर । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुने भएको छ ।

चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बास्कोटाले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बास्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताए ।

उनले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा. भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पारे । एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वको लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिए । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।

प्रतिक्रिया