अष्ट्रेलियन अल्मुनाईमाथि मञ्चको जित

काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अष्ट्रेलियन अल्मुनाईमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मञ्चले अष्ट्रेलियन अल्मुनाईमाथि ३–१ को जित निकालेको हो । मञ्चको जितमा प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले गोल गरे । अष्ट्रेलियन अल्मुनीका निरु थापाले एक गोल फर्काइन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत साथी फाउन्डेसनको आयोजनामा एको मैत्रीपुर्ण खेलमा अष्ट्रेलियन अल्मुनाई, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल खेलकुद पत्रकार मञ्चले सहकार्य गरेको थियो । ‘हाम्रो गोल महिला हिंसाविरुद्ध’ भन्ने नारासहित आयोजित मैत्रीपूर्ण फुटबल कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदूत फिलिसिटी भोल्क, साथी फाउन्डेसनकी बन्दना राणा, एन्फाका महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको टोली विजयी टोली तथा उपविजयी टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया